आजको तस्बिरआजको पत्रपत्रिकापत्रपत्रिकाबिज्ञान प्रविधिराजनीतिसफलताको कथासमाचारसामाजिक सञ्जाल
प्रधानमन्त्रीले शपथ खाय लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधिसभा विघटन।

काठमाडौं।
प्रतिनिधिसभाको निर्वाचन आउँदो फागुन २१ गते हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरेसँगै नयाँ मिति पनि तोकेका हुन्।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११:०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको छ। मिति २०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


