बाँके जिल्लाका सम्पूर्ण शिक्षण संस्था आइतबारदेखि बन्द हुने

२०७८ बैशाख २, बिहीबार
पढ्ने समय : < 1 मिनेट

नेपालगञ्ज – जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार नेपालगन्ज सहित जिल्लाभर आइतबारदेखि एक सातासम्म सम्पुर्ण शैक्षिक सस्था बन्द हुने भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि एक साता बिद्यालय बन्द गर्ने निर्णय गरेकोमा जिल्ला संकट ब्यवस्थापन केन्द्र बाँकेले नेपालगंजसहित आइतबारदेखि जिल्लाको विद्यालय बन्द हुने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको बिहीबार बसेको बिपत व्यवस्थापन समितिको बैठकले शुक्रबारदेखि नेपालगञ्जका बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page