नेपालगञ्ज उप–महानगरपालिकामा भोलि देखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय

२०७८ बैशाख २, बिहीबार
पढ्ने समय : < 1 मिनेट

नेपालगञ्ज,- नेपालगञ्ज उप–महानगरपालिकामा शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ ।

छिमेकी राष्ट्र भारतमा दैनिक लाखौ संक्रमित थपिरहेका छन् । भारतबाट नेपाल फर्किनेहरुमा संक्रमण देखिन थालेपछि बाँकेमा कोरोनाको उच्च जोखिममा परेको छ । बाँकेमा हिजो मात्र १ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि बिहिबार  बसेको नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिकोबैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ ।  माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ । माक्स नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एकसाताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर माक्र्स नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page