कोरोना पुष्टि भएकै दिन खजुरा निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु

२०७८ बैशाख २, बिहीबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज – बाँकेमा दिनहुँ  कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । छिमेकी राष्ट्र  भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न सहरबाट जमुनाह नाका हुँदै फर्किएका नेपालीहरुमा कोरोना पुष्टि भए पश्चात बाँकेमा पनि कोरोना तिब्र रुपमा फैलिएको छ । बाँकेमा संक्रमित बढ्ने मात्र नभई संक्रमितहरुको मृत्यु संख्या पनि बढ्दै गएको छ ।

यसैबिच गएराती  बाँकेमा कोरोनाबाट थप एक जना संक्रमितको मृत्यु भएको छ । खजुरा गाउँपालिका -२, बाँकेका  का ४२ वर्षीय पुरुषको उपचारका क्रममा  नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको  बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । ति पुरुषमा चैत्र वैशाख १  गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएलगत्तै भेरी अस्पतालको कोभिड विशेृष वार्डमा भर्ना गरीएका ति पुरुषको  गए राती १०:५ बजे मृत्यु भएको ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा हालसम्म  जिल्ला भित्रका  संक्रमितको मृत्यु हुने संख्या  ५९पुगेको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page