बाँकेमा तिब्र रुपमा कोरोना बढेको कारण नेपालगंजको सोफिया स्कुल ४ दिनको लागि बन्द

२०७८ बैशाख १, बुधबार
पढ्ने समय : < 1 मिनेट

नेपालगन्ज – बाँकेमा दिनहुँ  कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । छिमेकी राष्ट्र  भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न सहरबाट जमुनाह नाका हुँदै फर्किएका नेपालीहरुमा कोरोना पुष्टि भए पश्चात बाँकेमा पनि कोरोना तिब्र रुपमा फैलिएको हो ।बाँकेमा  कोरोना संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्न थालेपछि नेपालगंजको  सोफिया रेसिडेन्सियल इङलिस स्कुल ४ दिनका लागि बन्दहुने भएको छ ।

सोफिया स्कुल ब्यबस्थापन समितिका अनुसार बाँके जिल्लामा कोरोना भाइरसका संक्रमित दैनिक रुपमा ह्वात्तै बढ्न थालेपछि स्कुल बन्द गर्ने निर्णय गरिएको हो । स्कुलका प्रधान अध्यापक सुशिला बसेलले भन्नुभयो,” हामीलाई बालबालिकाको माया छ । पहिला बालबालिका स्वस्थ हुनुपर्छ अनि बल्ल शिक्षा आर्जन गर्न सकिन्छ । त्यसैले हामीले सनिवार सम्मको लागि स्कुल बन्द गर्ने निर्णय गरेका हौं । त्यसपछि पनि स्कुल खोलिने छ ।”

चौतर्फी रुपमा कोरोना संक्रमित बढेको हल्ला सुनेपछि नेपालगन्जका अभिभावकहरु त्रसित भएका छन् । सोफिया स्कुलमा आफ्नो छोराछोरी बढ्न पठाउने एक अभिभावकका अनुसार विद्यालयले विद्यार्थीहरुलाई माय गरेर यस्तो निर्णय गरेकोमा धन्यवाद दिनुभयो ।

बुधबार मात्र १ सय २३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । सरकारी मापदण्ड अनुसार नचल्ने हो भने अवस्था खतार हुने जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page