पूर्व राजा–रानी धार्मिक यात्राका लागि आज भारत प्रस्थान गर्दै

२०७७ चैत्र २६, बिहीबार
पढ्ने समय : < 1 मिनेट

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मभीदेवी शाह हरिद्वार महाकुम्भमा सहभागी हुन बिहीबार भारतको दिल्ली प्रस्थान गर्दै छन् ।

नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्व राज दम्पती त्यस तर्फ जान लागेको निर्मल निवास स्रोतले बताएको छ ।

चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्व राज दम्पती त्यस तर्फ जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय