बाँके अपडेट: ५ महिने गर्भवती महिला सहित थप ५ जनाको मृत्यु

२०७८ जेष्ठ १, शनिबार
पढ्ने समय : < 1 मिनेट

बाँके । कोरोना संक्रमणका कारण बाँकेमा उपचाररत ५ महिने गर्भवती महिला सहित थप ५ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना गरि थप ५ जना संक्रमितको मृत्यु भएको हो ।

फोकल पर्सन वलीका अनुसार  मृत्यु हुनेहरुमा  ठाकुरबाबा–१ बर्दियाकी ३४ वर्षिया ५ महिने गर्भवती महिला, कोहलपुर नगरपालिका–९ बाँकेका ६१ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१९ बाँकेका ३९ वर्षिय पुरुष, बनगांड कुपिन्डे–४ सल्यानकी ६० वर्षिया महिला र गुलरिया नगरपालिका–१० बर्दियाका ६० वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यो संगै बाँकेका कोरोना संक्रमणका कारण मृत्यु हुनेमा २२९ र बाहिरी जिल्लाका बाँकेमा आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या १७५ पुगेको स्वस्थ्य कार्यालय बाँकेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page