बाँके अपडेट: एकै समयमा थप २ जना संक्रमितको मृत्यु

२०७८ बैशाख ३१, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज: बाँकेमा शुक्रबार बिहान थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल नेपालगंजमा १ जना पुरुष र शिक्षण अस्पताल कोहलपुरमा १ जना महिला गरि थप २ जनाको मृत्यु भएको हो ।

शान्तिनगर गाउँपालिका-५, दाङ निवासी ३७ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगंजमा उपचारकार क्रममा साढे १० बजे मृत्यु भएको हो भने त्यसैगरी  खजुरा गाउँपालिका-२ बाँके निवासी ५३ वर्षीय महिलाको शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

योसंगै बाँकेमा हालसम्म  कोरोनाबाट जिल्ला भित्रका २२३ र जिल्ला बाहिरका १६८ गरि ३ सय ९१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page