बाँके अपडेट: रातभरिमा थप ६ जना संक्रमितको मृत्यु

२०७८ बैशाख ३१, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगन्ज- बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार  नेपालगन्ज स्थित भेरी अस्पतालमा ५ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ जना गरी थप ६ जनाको मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरुमा कुमाख गाउँपालिका-१ सल्यानका ६७ वर्षिया महिला, मधुवन नगरपालिका-६ बर्दियाका ५९ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका-६ बाँकेका ३५ वर्षिया महिला, खजुरा गाउँपालिका-३ बाँकेका ७५ वर्षिया महिला र नेपालगन्ज उपमहानगरपालिका-५ बाँकेका ६१ वर्षिया महिला  रहेका छन् ।

त्यस्तै  मेडिकल कलेजमा कोहलपुरमा मृत्यु हुनेमा कोहलपुर नगरपालिका-२ बाँकेका २८ वर्षिय पुरुष रहेका छन् ।

योसँगै हालसम्म बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका १६७ जना र जिल्ला भित्र २२२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page