बाँके अपडेट: बिहिबार साँझ थप २ जना संक्रमितको मृत्यु

२०७८ बैशाख ३०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा बिहिबार साँझ थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार ६४ वर्षीय महिला र ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

खजुरा गाउँपालिका वडा नं-१ बाँके निवासी ६४ वर्षीय महिलाको आफ्नै निवासमा होम आइसोलेसनमा आज ५ बजे मृत्यु भएको हो भने लम्किचुहा-९, कैलाली निवासी ४० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज ६ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

योसंगै हालसम्म बाँकेमा कोरोनाबाट जिल्ला भित्रका २१८ र जिल्ला बाहिरका १६५ गरि ३ सय ८३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page