बादललाई गृहमन्त्री बनाएर मैले गल्ती गरेँ : प्रचण्ड

२०७७ चैत्र २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्री बनाएर आफूले गल्ती गरेको बताएका छन्।

१३ वर्षपछि रुकुम पुगेका प्रचण्डले त्यहाँ आयोजित सभामा आफू जनतासँग आत्मालोचना गर्न रुकुम आएको बताए। पार्टी विभाजन गरेर जानेलाई माथिल्लो पदमा राखेर आफूले गल्ती गरेको उनले स्वीकारे। ‘म माथि बम प्रहार गर्नेलाई मैले गृहमन्त्री बनाएँ। मैलै गल्ती गरेकै हो। आत्मालोचना गर्छु,’ उनले भने।जनयुद्धका समयमा साथ दिएका सहिद परिवार र जनताको साथ नलिनु आफ्नो कमजोरी भएको उनले बताए। २०७० मा भएको दोस्रो संविधानसभा मोहन वैद्य समूहले बहिष्कार गरेको थियो। बादल तत्कालीन समयमा वैद्य समूहमा थिए।

२०७० को कात्तिक २७ मा प्रचण्डमाथि कञ्‍चनपुरमा बम प्रहार गरिएको थियो। कञ्‍चनपुरको देखतवली-१ स्थित कालागौंडीमा प्रचण्डलाई लक्षित गरी वैद्य समूहले बम विस्फोट गराएको थियो। मंगलबार बोल्ने क्रममा प्रचण्डले तत्कालीन समयको स्मरण गरेका हुन्।

फरक-फरक समयमा दलहरुबीच सहकार्य गर्दा पार्टीलाई क्षति पुगेको उनको भनाइ थियो। आफ्नो दलको तागत जनयुद्धमा साथ दिने जनता नै भएकाले उनीहरुको साथमा पार्टी अघि बढाउने उनले बताए। ‘प्रचण्ड कमजोर भइसक्यो, अब केही गर्न सक्दैन। संविधान उल्टाइदिए हुन्छ भन्‍ने छन्। क्रान्तिकारी जनताको ऊर्जा मसँग छ,’ उनले भने।

काठमाडौंभन्दा अबका धेरै समय जिल्लाहरुमा रहने आफ्नो योजना रहेको उनले सभामा सुनाए। काठमाडौं बसेर लडेको लडाइँले प्रतिफल नदिएकोले जिल्लामा धेरै समय बस्‍ने उनले सुनाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय