नेपालमा कोरोना सङ्क्रमितको संख्या बढ्दो क्रममा, आज एकै दिन २६० मा संक्रमण पुष्टि !

२०७७ चैत्र २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

नेपालमा पछिल्लो २४ घण्टामा २६० कोरोना संक्रमित थपिएका छन् । ४ हजार २४३ वटा नमुनाको पीसीआर परीक्षण गर्दा २६०मा कोरोना संक्रमण पुष्टि भएको हो  । यो सँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा  कोरोनामुक्त हुनेको संख्या २  लाख ७३ हजार ४५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३६ जना रहेका छन् ।

हाल क्वारेन्टिनमा ६९ जना छन् भने आइसोलेसनमा एक ९७९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय