बाँके अपडेट: थप १४ जना संक्रमितको मृत्यु, ३ जनाको एकैसमय मृत्यु

२०७८ बैशाख २९, बुधबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज-  बाँकेमा कोरोना संक्रमणबाट थप १४ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा रातभरीमा भेरी अस्पताल नेपालगंजमा ८ जना र शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि  थप १४ जनाको मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगंजमा मृत्यु हुनेहरुमा बनगाड कुभिन्दे-६ सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगंज उपमहानगरपालिका-१६ बाँके निवासी ४९ वर्षीय महिला र मधुवन नगरपालिका-६ बर्दिया निवासी ५५ वर्षीय महिलाको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा तिनै जनाको साढे ८ बजे मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

यस्तै  गुलरिया नगरपालिका-९ बर्दिया निवासी ४७ वर्षीय महिला, नेपालगंज उपमहानगरपालिका-५ बाँके निवासी ४४ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका दाङ निवासी ६६ वर्षीय पुरुष, बाँसगढी-९ बर्दिया निवासी ६४ वर्षीय पुरुष र नेपालगंज उपमहानगरपालिका-७ बाँके निवासी ६४ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेहरुमा घोडाघोडी नगरपालिका-१ कैलाली निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-२ बाँके निवासी ३० वर्षीय महिला र कोहलपुर नगरपालिका-१० बाँके निवासी ४५ वर्षीय महिला, कोहलपुर नगरपालिका-११ बाँके निवासी ४१ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-१४ बाँके निवासी ६४ वर्षीय महिला रहेका छन् ।

योसंगै बाँकेमा कोरोना बाट जिल्ला भित्रका २०५ जना र जिल्ला बाहिरका १५९ जना गरि ३ सय ६४ जनाको मृत्यु  भइसकेको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page