मंगलबार बाँकेमा ४८६ जनामा संक्रमण पुष्टि, ४१२ डिस्चार्ज, १८ जनाको मृत्यु

२०७८ बैशाख २८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा पछिल्लो समय यता कोरोना जित्नेको संख्या दिनहुँ बढ्न थालेको छ।  पछिल्लो २४ घण्टामा बाँकेमा ४ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार सोमबार बाँकेमा १८९ महिला र २२५ पुरुष गरि थप ४ सय १२जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन । योसंगै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ९ हजार ६ सय २९ पुगेको छ ।

यस्तै  पछिल्लो २४ घण्टामा बाँकेमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

फोकल पर्सन तेज वलीका अनुसार गत २४ घण्टामा ५ महिला र १३ पुरुष गरि थप  १८ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । योसंगै बाँकेमा कोरोनाबाट जिल्ला भित्रका १९८ र जिल्ला बाहिरका १५३ गरि ३ सय ५० जनाको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप ४ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका २ वटा पिसिआर प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा २३६ महिला र २५० पुरुष गरि थप ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ३० पुगेको छ । जिल्लामा हाल संक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३ रहेको छ भने ५ जना भेन्टिलेटरमा उपचाररत छन्।

थप विवरण:

No description available.

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page