समाजसेवी तथा व्यापारी सुनिल केसीले गरे पानी बैंकमा “१ सय पेटी पानी” सहयोग

२०७८ बैशाख २८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- कोभिड-१९ को महामारीका लागि स्थापना गरिएको पानी बैंकमा समाजसेवी तथा ब्यापारी सुनिल के.सीले १ सय पेटी पानी सहयोग गरेका छन।

विगत देखि नै समाजसेवामा लागेका केसि पहिलो र दोस्रो लकडाउनमा आपतविपतमा परेकालाई सहयोग गर्दै आएका छन। अरुको खुसि नै मेरो खुसि र अरुलाई सहयोग गर्न पाउँदा मन सफा र खुसि रहने बताउने केसि दिन दुखिहरु मागेर , तड्पेर बसेको देख्यो कि यो मनमा दया लागेर आउने र यो मनले जब सहयोग गर्न पाउछु तब यो मनले केही खुसि पाउने अनि धेरै आनन्द महसुस हुने के.सी बताउछन् ।

नेपालगन्जमा स्थापना भएको पानी बैकमा आफुले सानो सहयोग गर्न पाउँदा भोलिका दिनमा कोभिड र आपतमा परेकालाई केही सहयोग पुग‍ोस र पानीको अभाव नहोस भन्ने उद्देश्यले सहयोग गरेको के.सीले बताए । यो पानी बैंक नेपालगन्जको नेपाल मानव धर्म सेवा समितिमा रहेको र अन्य सहयोगी र मनकारिहरुले पनि सहयोग गर्न सक्नु हुनेछ भन्दै जानकारी समेत दिएका थिए।

यस पानी बैंक स्थापन गरे पछि आपतकालीन अवस्थामा पानीको माग भएको ठाउहरुमा पानी उपलब्ध गराउदै आएको यश पानी बैंकका अध्यक्ष ललित कुमार रोैनियारले बताउनु भयो ।

यदि कसैले सहयोग गर्न चाहानु हुन्छ भने यो नम्बरमा 9858076665 सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page