
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले नेपाललाई आईसिसी इनिसिएटिभ डेभलपमेन्ट अफ दी इयर अवार्ड प्रदान गर्ने भएको छ।

आईसिसीले मंगलबार विजेताको घोषणा गर्दै एसियाका लागि नेपालले पाउने उल्लेख गरेको छ। क्रिकेटको पहुँचमा गरिरहेको विकाशका आधारमा यो अवार्ड आईसिसीले प्रदान गर्ने गर्छ।
नामिबिया, अर्जेन्टिना, भानुआतु र इटालीले पनि यस वर्षका लागि आ-आफ्नो क्षेत्रका लागि यो अवार्ड जितेका छन्।