बाँके अपडेट: गत १३ घण्टामा २१ वर्षीय युवासहित १२ जना संक्रमितको मृत्यु

२०७८ बैशाख २८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज । बाँकेमा पछिल्लो १३ घण्टाको अन्तरालमा २१ वर्षीय युवासहित थप १२ जना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगञ्जमा ९ जना, मेडिकल कलेज कोहलपुरमा २ जना र होम आइसोलेसन १ जना गरि पछिल्लो १३ घण्टामा थप  १२ जना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा बासगढ़ी नगरपालिका-९ बर्दिया निवासी ७३ वर्षीय पुरुष, नेपालगंज-१०, बाँके निवासी ६८ वर्षीय पुरुष, गुलरिया नगरपालिका-६ बर्दिया निवासी २१ वर्षीय पुरुष, सिस्ने गाउँपालिका, पूर्वी रुकुम निवासी ५३ वर्षीय पुरुष, बारबर्दिया-६ बर्दिया निवासी ६३ वर्षीय महिला, खजुरा गाउँपालिका-३ बाँके निवासी ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका-४ बाँके निवासी ४५ वर्षीय महिला, बढैयाताल-३, बर्दिया निवासी ७८ वर्षीय महिला, खजुरा गाउँपालिका-२ बाँके निवासी ८८ वर्षीय पुरुष, बासगढ़ी नगरपालिका-५ बर्दिया निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-८ बाँके निवासी ६२ वर्षीय पुरुष र बढैयाताल-१ बर्दिया निवासी ८५ वर्षीय पुरुष रहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या जिल्ला भित्रका १९७ र  जिल्ला बाहिरका  १४८ गरि ३ सय ४५ पुगेको  छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page