बहराइनका राजकुमारको टोली सगरमाथाको चुचुरोमा पुग्यो, कोरोना खोप लिएर आएका थिए

२०७८ बैशाख २८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफा सहितको टोली मंगलबार बिहान विश्वको सर्वोच्च शिखरको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन् ।

विभागको पर्वतारोहण शाखाकी प्रमुख समेत रहेकी आचार्यका अनुसार मंगलबार बिहान ५ः३० बजेदेखि ६ः४० बजेसम्म उक्त टोलीका सदस्यहरु सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

राजकुमार अल–खलिफाको टोलीमा सगरमाथा आरोहणका लागि १६ जनाको टोली गएको थियो । ती ४ जना बिरामी परेर माथि जान नसकेको र बाँकी १२ जनामध्ये पनि कतिजना चुचुरोमा पुगेको भन्ने विस्तृत जानकारी आउन बाँकी रहेको निर्देशक आचार्यले बताइन् ।

बहराइनको राजकुमार सहितको टोली सगरमाथा आरोहणका लागि गत चैत्र २ गते नेपाल आएको थियो । साथमा २ हजार डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन बोकेर आएका कारण सो टोली विवादित समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page