एसईई र कक्षा १२ को परीक्षा स्थगित

२०७८ बैशाख २७, सोमबार
पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

आज बसेको बोर्डको बैठकले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले नेपाल खबरलाई बताए।

‘अर्को सूचना नभएसम्मका लागि दुबै परीक्षा स्थगित गर्ने निर्णय भएको छ’, पौडेलले भने।

एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन हुने भनिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page