पत्रकार महासंघ कपिलवस्तुमा ५ बेडकाे आइसाेलेशन सेन्टर, बाँके शाखाले पनि केहि सिक्ने कि ?

२०७८ बैशाख २१, मंगलवार
पढ्ने समय : < 1 मिनेट

बाँके । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार गरेको छ ।

केन्द्रिय निर्देशन् बमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधी सहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिएका छन ।

उक्त आइसोलेसन निर्माणका लागि ताैलिहवा अस्पतालले आवश्यक स्वास्थ्य सामग्री अषधी र कपिलबस्तु नगरपालिकाले आर्थिक सहयोग गरेको उनले बताएका छन ।

आइसोलेसनमा कोभिड संक्रमण भएका पत्रकारलाई प्राथमिकता दिइने तर खाली रहेको अवस्थामा अरु नागरिकका लागि आवश्यक भए शैय्या उपलब्ध गराइने अध्यक्ष बज्राचार्यले बताए ।

तर यता बाँकेमा पत्रकारलाई केन्द्रित गरेर हाल सम्म कुनै सुबिधा दिईएको छैन । यस अघि पत्रकार महासंघ बाँकेले पत्रकारको नाममा पास उपलब्ध गराए पनि फिल्डमा सक्रिय पत्रकारले नै पास पाएका थिएन्न जसलाई लिएर समाजिक संजाल लगायतका विभिन्न संचार माध्यमबाट सक्रिय पत्रकारले बिरोध जनाएका थिए । जबकी समाचार संकलनका लागि पत्रकारको महत्त्वपूर्ण भुमिका हुन्छ ।

बाँकेमा करिब दर्जन जति पत्रकार रिपोर्टिङ क्रममा संक्रमीत भएका तथ्यांक छ । जसमा मध्ये केही पत्रकार ठिक भइसकेका छन भने केही होम आइसोलेसनमा छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page