हिमाली जिल्ला हुम्लामा पनि निषेधाज्ञा

२०७८ बैशाख २१, मंगलवार
पढ्ने समय : < 1 मिनेट

सुर्खेत : हिमाली जिल्ला हुम्लामा पनि एक साता निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाले बैशाख २१ गते राति १२ बजेदेखि बैशाख २८ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक गणेश आचार्यले जानकारी दिए।

पछिल्लो २४ घण्टामा हुम्लामा आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। हवाई मार्गबाट सोमबार नेपालगञ्जबाट हुम्ला पुगेका ६ र सुर्खेत गएका दुईजनामा संक्रमण पुष्टि भएको छ। संक्रमणको थप जोखिम कम गर्न एक साताका लागि शिल गर्ने निर्णय गरेको प्रजिअ आचार्यले बताए।

सिमकोट विमानस्थलसँगै जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाका समेत बन्द गरिएको छ। निषेधाज्ञा अवधिभर हुम्ला जिल्लामा स्वास्थ्य, शान्ति सुरक्षा, सूचना तथा सञ्चार, खोनेपानी, फोहोरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटिए सेवाबाहेक अन्य सबै सेवा बन्द हुने प्रशासनले जनाएको छ।

दैनिक उपभोग्य वस्तु जस्तै तरकारी, खाद्य, दुध, ग्यास आदिका पसलहरु बिहान ७ बजे देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page