बाँकेमा सोमबार थप १२ जनाको मृत्यु, संक्रमित संख्या १० हजार नाघ्यो

२०७८ बैशाख २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गत २४ घण्टामा थप १२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । योसंगै बाँकेमा कोरोनाबाट जिल्ला भित्रका १३९ र जिल्ला बाहिरका १२३ गरि २६२ जनाको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप २ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका बागेश्वरी  पिसिआर प्रयोगशाला र जमुनाह हेल्थ डेस्कमा गरिएको पिसिआर परिक्षणमा ९२ महिला र १३७ पुरुष गरि थप २ सय २९ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या १० हजार ५ सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५५ महिला र १९० पुरुष गरि थप ३ सय ४५ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसंगै कोरोना जितेर घर फर्किनेको संख्या ६ हजार ६ सय ७१ पुगेको छ ।

थप विवरण:

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page