गत २४ घण्टामा देशभर २ हजार २१ जना संक्रमित निको भएर घर फर्किए

२०७८ बैशाख २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं : गत २४ घण्टामा सात हजार ४ सय ४८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । १७ हजार १ सय ७६ जनमा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ३७ जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ। संक्रमणमुक्त २ हजार २१ भएका र हालसम्म २ लाख ८६ हजार १५ जना संक्रमणमुक्त भइसकेका छन् ।

हालसम्म २५ लाख २१ हजार १ सय ६४ जनाको पिसिआर परीक्षण गरेको छ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ६६ जना संक्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार नौ सय २२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page