बाँकेमा सोमबार १ वर्षे बालक सहित थप ३ सय ४५ जनाले जिते कोरोना

२०७८ बैशाख २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा कोरोना जितेर घर फर्किनेको क्रम बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १ वर्षको  बालक सहित ३ सय ४५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार सोमबार बाँकेमा १५५ महिला र १८० पुरुष गरि थप ३४५ जना संक्रमणमुक्त भई घर फर्किएका छन ।

जसमा १ वर्षका बालक र ७० वर्षीय वृद्ध समेत कोरोनासँगको लडाई जितेकी छन । । उनिहरुलाई सोमबार  डिस्चार्ज गरेर घर पठाईएको ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page