बैजानाथ निवासी ३३ वर्षीय संक्रमित महिलाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु

२०७८ बैशाख २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा सोमबार बिहान थप एक जना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार बैजानाथ गाउँपालिका  वाड नं ७ बाँके निवासी ३३ वर्षीय संक्रमित महिलाको  मृत्यु भएको छ । वैशाख १९ गते शिक्षण अस्पताल कोहलपुरमा  पीसीआर परीक्षण गर्दा उनमा  कोरोना पोजेटिभ देखिएको थियो।

वैशाख १६ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ बजेतिर  मृत्यु भएको हो । योसंगै बाँकेमा कोरोना बाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । यस अघि मात्र बाँकेमा गत ११ घण्टा भित्र मात्र ६ पुरुष र १ महिला गरि ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page