खजुरा निवासी ३२ वर्षीय संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु

२०७८ बैशाख २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा सोमबार बिहान थप एक जना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार खजुरा गाउँपालिका  वाड नं ७ बाँके निवासी ३२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । वैशाख १० गते बागेश्वरी  पीसीआर परीक्षण गर्दा उनमा  कोरोना पोजेटिभ देखिएको थियो।

स्वास्थ्यमा समस्या भएपछी वैशाख १६ गते भेरी अस्पताल नेपालगंजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो । योसंगै बाँकेमा कोरोना बाट मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । यस अघि मात्र बाँकेमा गत ११ घण्टा भित्र मात्र ६ पुरुष र १ महिला गरि ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page