गत ११ घण्टामा बाँकेमा ६ पुरुष र १ महिला गरि ७ जना संक्रमितको मृत्यु

२०७८ बैशाख २०, सोमबार
पढ्ने समय : 2 मिनेट

नेपालगंज- बाँकेमा बितेको ११ घण्टाभित्र थप ७ जना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार गत ११ घण्टामा बाँकेमा ७ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालगंज उपमहानगरपालिका वाड नं ५ बाँके निवासी ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । वैशाख ८ गते भेरी अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा  कोरोना पोजेटिभ देखिएको थियो।

स्वास्थ्यमा समस्या भएपछी वैशाख १४ गते शिक्षण अस्पताल कोहलपुर भर्ना भएका उनको उपचारका क्रममा गएराती ९ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

यस्तै बैजनाथ गाउँपालिका वडा नं ८ बाँके निवासी ६० वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । वैशाख १९ गते शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना पोजिटिभ देखिए पश्चात सोहि दिन शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएको उनको उपचारका क्रममा राति १ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै नेपालगंज उपमहानगरपालिका वडा नं ३ बाँके निवासी ५१ वर्षीय संक्रमित पुरुषको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख ६ गते भेरी अस्पताल पिसिआर प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना देखिएको थियो । कोरोना कोरोना पोजिटिभ देखिए पश्चात अर्को  दिन भेरी अस्पताल  भर्ना गरिएको उनको उपचारका क्रममा राति साढे ३ बजे  मृत्यु भएको हो ।

नेपालगंज उपमहानगरपालिका वडा नं १ बाँके निवासी ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १६ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना कोरोना पोजेटिभ देखिएको थियो । कोरोना कोरोना पोजिटिभ देखिए पश्चात अर्को  दिन भेरी अस्पताल  भर्ना गरिएको उनको उपचारका क्रममा आज बिहान ४ बजे  मृत्यु भएको हो ।

यस्तै बढैयाताल गाउँपालिका-८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको मृत्यु भएको छ।  वैशाख १७ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना कोरोना पोजेटिभ देखिएको थियो । कोरोना कोरोना पोजिटिभ देखिए पश्चात अर्को  दिन भेरी अस्पताल  भर्ना गरिएको उनको उपचारका क्रममा आज बिहान साढे ६ बजे  मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नं १५ बाँके निवासी ६० वर्षीय संक्रमित पुरुष मृत्यु भएको छ । वैशाख १७ गते शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना पोजिटिभ देखिए पश्चात सोहि दिन शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएको उनको उपचारका क्रममा राति १ बजेतिर  मिनेटमा मृत्यु भएको हो ।

यस्तै खजुरा गाउँपालिका वडा नं २ बाँके निवासी ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । वैशाख ५ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना कोरोना पोजेटिभ देखिएको थियो । कोरोना कोरोना पोजिटिभ देखिए पश्चात अर्को  दिन भेरी अस्पताल  भर्ना गरिएको उनको उपचारका क्रममा आज बिहान साढे ८ बजे  मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय ३५ र जिल्ला बाहिरबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या १ सय २२ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

मृतकको शव नेपाली सेना र परिवारको समन्वयमा व्यवस्थापन गरिएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page