आइतबार बाँकेमा १४ महिने बालकसहित ३ सय ५ जनाले कोरोना जिते

२०७८ बैशाख १९, आईतवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा कोरोना जितेर घर फर्किनेको क्रम बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १४ महिने बालक सहित ३ सय ५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार शनिबार बाँकेमा १४२ महिला र १६३ पुरुष गरि थप ३०५ जना संक्रमणमुक्त भई घर फर्किएका छन ।

जसमा १४ महिने बालकले समेत कोरोनासँगको लडाई जितेकी छन । । उनिहरुलाई शनिबार डिस्चार्ज गरेर घर पठाईएको ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page