शनिबार बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख १८, शनिबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गत २४ घण्टामा थप ९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । योसंगै बाँकेमा कोरोनाबाट जिल्ला भित्रका १२० र जिल्ला बाहिरका ११८ गरि २३८ जनाको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप ३ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका २ वटा पिसिआर प्रयोगशाला र जमुनाह हेल्थ डेस्कमा गरिएको पिसिआर परिक्षणमा १७२ महिला र १८८ पुरुष गरि थप ३ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ९ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १०६ महिला र १४४ पुरुष गरि थप २ सय ५० जनाले कोरोना जितेर घर फर्किएका छन् । योसंगै कोरोना जितेर घर फर्किनेको संख्या ६ हजार २१ पुगेको छ ।

थप विवरण:

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page