कैलाली, बर्दिया र नेपालगंज निवासी ३ जना संक्रमितको भेरी अस्पतालमा मृत्यु

२०७८ बैशाख १७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा पछिल्लो ९ घण्टामा थप ३ जना संक्रमितको भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको छ ।

जिल्ल कोभिड-१९ संकट व्यस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कैलाली, बर्दिया र नेपालगंज निवासी ३ जना संक्रमितको भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको हो ।

बढैयाताल गाउँपालिका -७ बर्दिया निवासी ४७ वर्षीय संक्रमित महिला, गोदावरी-११, कैलाली निवासी ६२ वर्षीय पुरुष र नेपालगंज-७ बाँके निवासी ५७ वर्षीय महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको हो ।

योसंगै बाँकेमा हालसम्म जिल्ला भित्रका ११० र जिल्ला बाहिरका १११ गरि २२१ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page