१० मिनेटको अन्तरालमा भेरी अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

२०७८ बैशाख १६, बिहीबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा बिहिबार बिहान १० मिनेटको अन्तरालमा थप २ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार लम्की चुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र खजुरा गाउँपालिका वडा नं २ निवासी ६७ वर्षीय संक्रमित महिलाको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा १० मिनेटको फरकमा २ जनाको मृत्यु भएको हो ।

योसंगै बाँकेमा कोरोनाबाट जिल्ला भित्रका १०७ र जिल्ला बाहिरका ११० गरि २ सय १७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page