त्रिदेशीय क्रिकेट सिरिज जित्ने खेलाडीले चारचार लाख पाउने

२०७८ बैशाख १५, बुधबार
पढ्ने समय : < 1 मिनेट

केही दिन अघि नेदरल्याण्ड्सलाई पराजित गरेर टी–२० क्रिकेट सिरिज जित्ने नेपाली खेलाडीलाई सरकारले जनही चारचार लाख दिने घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नै भूमिमा पहिलोपटक टी–२० को सिरिज जित्ने टिमका २३ खेलाडी प्रत्येकलाई चार चार लाख दिने निर्णय गरेको छ ।

तीन जना प्रशिक्षकले जनही दुई दुई लाख पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page