नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक सुरु

२०७७ चैत्र २१, शनिबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ।

कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको हो।  उक्त पक्षका चार जना नेताहरूलाई केपी शर्मा ओली पक्षले कारबाही गरेपछि आगामी कार्यदिशा तय गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।

बैठकबाट संगठन सुदृढीकरणलगायतका विषयमा पनि छलफल हुने उल्लेख गरिएकाे छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय