अर्को आदेश नभएसम्मका पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय (विज्ञप्तिसहित)

२०७८ बैशाख १२, आईतवार
पढ्ने समय : < 1 मिनेट

सरकारले अर्को आदेश नभएसम्मका लागि सबै प्रकारका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सीसीएमसी सचिवालयका सचिव खगराज बरालले जारी गरेको विज्ञप्तिमा देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभइ भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page