कोरोना संक्रमणमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै भारत

२०७८ बैशाख ११, शनिबार
पढ्ने समय : < 1 मिनेट

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । भारतमा पछिल्ला केही दिन कोरोना संक्रमण र मृतकको संख्यामा दैनिक नयाँ रेकर्ड कायम भएको छ ।

भारतमा लगातार तीन दिनदेखि ३ लाख भन्दा बढी संख्यामा संक्रमित देखिएको छ । शुक्रबार लगातार तेस्रो दिन पनि भारतमा संक्रमितको संख्या ३ लाखभन्दा बढी भएको छ ।

भारतीय मिडियाका अनुसार शुक्रबार देशभर थप ३ लाख ४५ हजारभन्दा बढीमा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै सर्वाधिक हो । बिहीबार वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

भारतमा अहिलेसम्म कोरोना बाट संक्रमित हुनेको संख्या १ करोड ६६ लाखभन्दा बढी पुगेको छ । जसमध्ये कम्तिमा १ करोड ३८ लाख ६२ हजार जना संक्रमणमुक्त भएका भारतीय मिडियाले जनाएका छन् ।

भारतमा शुक्रबारमात्रै कोरोना संक्रमणबाट २ हजार ६२० जनाको निधन भएको भारतीय अनलाइन दैनिक भास्करले लेखेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page