थ्रेसर मेशिनमा च्यापिएर रुकुम पश्चिममा एक महिलाको मृत्यु

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थ्रेसर मेशिनमा च्यापिएर एक महिलाको मत्यु भएको छ ।

चौरजहारी नगरपालिका–७ की ६२ वर्षीया ठुर्माकुमारी मल्लको शुक्रबार दिउँसो थ्रेसरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता तथा प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए । प्रबक्ता शाहीका अनुसार मेशिनमा च्यापिएकी मल्लको घटना स्थलमै मत्यु भएको बताए ।

मेशिनमा च्यापिएकी मल्लको शरिर नै पेलिएको प्रहरी प्रबक्ता शाहीको भनाई छ । उक्त थ्रेसर सोही ठाउँका इश्वर शाहीको रहेको र उनलाई प्रहरीले पक्राउ गरेको प्रबक्ता शाहीले बताएका छ्न । चालक भने फरार रहेको प्रहरीको भनाई छ । चालकको खोजी कार्य भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page