बाँकेको भेरी अस्पताल भरि भराउ, शुक्रबार ६ वर्षीय बालिकासहित थप ३ सय ८८ जनामा संक्रमण पुष्टि

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : 2 मिनेट

नेपालगन्ज । स्थानीय प्रशासनले लकडाउन घोषणा गरेको दोस्रो दिन पनि बाँकेमा कोरोना संक्रमण फैलने क्रमले रफ्तार नै समातेको छ ।

बाँकेमा गत २४ घण्टामा थप ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ८ सय ५० पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा रहेका ३ वटा प्रयोगशाला र जमुनाह हेल्थ डेस्कमा गरिएको पिसिआर परिक्षणमा १७६  महिला र २१२ पुरुष गरि थप ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल प्रयोशालामा २०४ जना, नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोशालामा ११६ जना र वागेश्वरी प्रयोगशालामा ६४ र जमुनाह हेल्थ डेस्कमा गरिएको पिसिआर परिक्षणमा ४ जना गरि ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो।

त्यसतै पछिल्लो २४ घण्टामा बाँकेमा थप ७४ जना संक्रमित कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ९ सय ५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप २ जनाको मृत्यु भएको छ । बाँकेमा हालसम्म जिल्ला भित्रका ७२ र जिल्ला बाहिरका १०० गरि १ सय ७२ जनाको मृत्यु भइसकेको छ भने  जिल्लामा हाल १ हजार ८ सय २४ जना संक्रिय संक्रमित उपचाररत छन् ।

त्यसतै पछिल्लो २४ घण्टामा बाँकेमा बाहिरी जिल्लका ४४ महिला र ५६ पुरुष गरि १०० जनामा संक्रमण देखिएको छ ।

बाँकेमा संक्रमित थपिने क्रम नरोकिएपछि जिल्लाका सबै अस्पतालहरु भरिएका छन् भने अस्पतालका आँगन र गल्लीमा समेत संक्रमितहरुको भिड देखिएको छ । घरमा सिकिस्त भएका संक्रमितलाई लिन एम्बुलेन्स नआईदिँदा सिकिस्त बिरामीहरु रिक्सामा अस्पताल पुग्न बाध्य देखिएका छन् ।

थप विवरण: 

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page