माधव नेपाल र बामदेव गौतमबीच भेट

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमबीच भेटवार्ता भएको छ।

शुक्रबार काठमाडौँको नागपोखरीमा उनीहरुबीच भेट भएको हो। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी गठन गरेका थिए। जसमा नेपाल पक्षका नेताहरुलाई राखिएको छैन। गौतमलाई भने स्थायी कमिटी सदस्यमा राखिएको छ।

बिहीबार गौतम र ओलीले सँगै डिनर गरेका थिए। आफूले ओलीसँगको भेटमा फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेको गौतमले दावी गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page