शुक्रबार देशभर २ हजार ५ सय ५९ जना संक्रमित

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

आज शुक्रबार देशभर २,५५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। साथै नेपालमा सक्रिय संक्रमितको सख्ंया १४ हजार ७२४  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९४ हजार ६ सय १  पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रयोगशालामा गरिएको ९६६४ जनाको पिसिआर परीक्षण गर्दा २५५९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार देशभर ४१० जना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार ५७५संक्रमित निको भइसकेका छन्। कोरोनाको दोस्रो लहर नेपालमा फैलिएपछि पछिल्लो समय फेरि संक्रमितको संख्या बढ्दोछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page