बाँके र बर्दियाका २ जना कोरोना संक्रमितको मेडिकल कलेज कोहलपुरमा मृत्यु

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगन्ज – बाँकेमा कोरोना संक्रमण बढेसङ्गै संक्रमितहरुको मृत्यु हुने दर पनि बढेको छ । शुक्रबार दिउँसो थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट शुक्रबार राजापुर-९ बर्दिया निवासी ४२ बर्षिया पुरुष र बैजानाथ-२ बाँके निवासी ६५ बर्षिय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

योसंगै बाँकेमा हालसम्म बाँके जिल्लाका ७० र बाहिरि जिल्लाका १०० जना गरि १ सय ७० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page