राप्ती सोनारी गाउँपालिकामा कार्यरत १७ जना कर्मचारीमा कोभिड-१९ संक्रमण

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेको राप्ती सोनारी गाउँपालिकामा कार्यरत १७ जना कर्मचारीमा कोभिड-१९ संक्रमण भएको छ ।

गाउँपालिकामा कार्यरत १७ जनाको परीक्षण गरेकोमा १७ जनाकै रिपोर्ट पोजेटिभ आएको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

परीक्षण गराएका सबै कर्मचारीमा संक्रमण देखिएपछि अहिले एक हप्ताको लागि गाउँपालिकाको कार्यालय बन्द गरिएको र संक्रमण देखिएका कर्मचारीहरु आ-आफ्नो घर तथा डेरामै आइसोलेशनमा रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page