बर्दिया जिल्लाका ८ वटै स्थानीय तहमा कोभिड अस्पताल सन्चालनमा ल्याइदै

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

बर्दिया- छिमेकी जिल्ला बाँकेमा कोरोना तिब्र रुपमा फैलिएसंगै बर्दियामा पनि कोरोना तिब्र रुपमा फैलिन सक्ने भएकोले जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जिल्लाका ८ वटै स्थानीय तहमा कोभिड अस्पताल सन्चालनमा ल्याउने तयारी गरेको छ ।

हरेक स्थानीय तहमा अक्सिजन सहितको बेड भएको कोभिड अस्पताल सन्चालनमा ल्याउने क्रममा आज गुलरिया नगरपालिकामा २७ बेडसहितको कोभिड अस्पताल महिला विकास भवनमा संचालन ल्याउने तयारी पुरा भएको बर्दिया जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

फोकल पर्सन श्रेष्ठले भन्छन्, अब बर्दिया जिल्लाका सिकिस्त बिरामी मात्र अक्सिजन सहितको एम्बुलेन्समा भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुर पठाउने व्यवस्थामा हामी लागिरहेका छौ ।

No photo description available.

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page