शुक्रबार बाँकेमा थप ३ जना संक्रमितको मृत्यु

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा शुक्रबार कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा जिल्लाका २ जना र जिल्ला बाहिरका १ जना गरि ३ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बनगाड-३ सल्यानका ५६ वर्षिय पुरुष, जानकी गाउँपालिका-१ बाँकेका ७१ वर्षिय महिला र बैजनाथ गाउँपालिका-६ बाँकेका २८ वर्षिय पुरुष रहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमण करिब नियन्त्रण बाहिर गइसकेको बाँकेमा संक्रमण दरसँगै मृत्यु दरपनि उस्तै बढिरहेको छ । हिजो बाँकेका २ जना महिलाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाएका थिए । गम्भीर प्रकृतिका बिरामीहरु बढि रहेका कारण मृत्यु दर बढिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

बाँकेमा कोरोना संक्रकित बिरामीहरुको उपचार गरिरहेका २ अस्पतालमा शैया अभाव रहेको र उपचारमा समस्या भैरहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page