भेरी अस्पताल भरि भराउ, स्थिति नियन्त्रण बाहिर

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज-  बाँकेमा तिब्र रुपमा कोरोना भाइरस (कोभिड-१९) फैलिरहेको छ। दिनहुँ २०० भन्दा बढी संख्यामा कोरोना संक्रमितहरु  थपिरहेका छन् । बाँकेको कोरोना विशेष अस्पताल भेरी अस्पताल अहिले कोरोना संक्रमितले भरिएको छ । भेरी अस्पतालले आज औपचारिक रुपमा सार्वजनिक गर्दै, स्थिति नियन्त्रण बाहिर रहेको र कोभिड वार्डमा रहेका १ सय ४२ बेड भरि भराउ रहेको जनाएको छ ।

कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले समेत थाम्न नसक्ने अवस्था आएको भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापले बताउनु भयो । सामाजिक संजाल फेसबुकमा लेख्दै,”स्थिति नियन्त्रण बाहिर पुगेकोले सहयोग गरिदिन मनकारीहरुसँग अपिल गर्नु भएको छ। कोरोना संक्रमितलाई राख्ने बेडको अभाव संगै अक्सिजनको समेत अभाव भएकोले सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

कोरोना संक्रमण दर बढेकोले नेपालगंजमा गएराती १२ बजेबाट लकडाउन समेत गरिएको छ ।कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नु बाहेक अरु कुनै विकल्प छैन । बाँकेका कोरोना फोकल तेज वली भन्छन्, सबै पालिकामा अक्सिजन सहितको आइसोलेन सेन्टर बनाउन एकदमै आवश्यक छ नत्र भोलिको दिनमा झनै ग्राहो अवस्था हुनसक्छ ।

बाँकेका तत्कालिन फोकल पर्सन नरेश श्रेष्ठ भन्छन, “कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नु बाहेक अरु कुनै विकल्प छैन । स्वास्थ्य मापदण्ड तोडेर लापरबाही गर्दै भीड भाड गर्नु, मास्क र सेनिटाइजर प्रयोग नगर्नु र हात नधुनुले संक्रमणको दर बढाउने छ । त्यसैले सबै नागरिक जिम्मेवार भएर आ-आफ्नो ठाउँबाट महत्त्वपूर्ण भुमुका खेल्न एकदमै आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page