कलाकारितामा भविष्य खोज्दै अनु खड्का

२०७८ बैशाख ९, बिहीबार
पढ्ने समय : 2 मिनेट

नेपालमा पछिल्लो समय कलाकारिताको आकर्षण निकै बढ्दो छ । सायद, त्यसैले पनि होला दिन प्रतिदिन यो क्षेत्रमा भित्रिनेको भीड पनि उति नै रहेको छ । कलाकारिता र मोडलिङमा सुनौलो भविष्यको सपना पालेर भित्रिने थुप्रै युवायुवती मध्येकी एक हुन् अनु खड्का ।

काठमाडौं, भक्तपुरमा जन्मेर सानो उमेर देखि मोडलिङ् गर्ने इच्छा राखेकी खड्का चर्चित मोडल तथा सफल कलाकार बन्ने लक्ष्यले यो क्षेत्रमा होमिएको र आमा- बुवाको साथ र सपोर्ट रहेको बताउछिन ।

अभिनय र मोडलिङमा पोक्त घरकी कान्छी छोरी खड्का इभेन्टसहरु बाट भाग लिएर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी भने होइनिन् । भक्तपुर स्थित रहेको युनिक इन्टरनेशनल एकेडेमी स्कुलबाट २०६९ सालमा ए.स.सी पास गरेकी खड्का पछी कलेज पढ्दापढ्दै १८ वर्षको उमेरमा एउटा राष्ट्रिय गितमा अभिनय  गर्ने अवसर पाएपछी खडकाले सोहि गितबाट कालाकारिताको क्षेत्रमा पाइला टेकिन र  हालसम्म २० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन भने चर्चित हास्य टेलिशृङ्खला मेरी बासै, भद्रगोल गुलेली, हामी यस्तै त होनी ब्रो लगाएत शर्ट मुभिजहरुमा समेत अभिनय गरिसकेकी छिन ।

आफु मेडिकल क्षेत्रको विद्यार्थी भएपनि कलाकारिताको क्षेत्रमा छुट्टै पहिचान र भविष्य बनाउने सोचले नै कलाकारिताको क्षेत्रमा लागेको खड्काले बताउछिन् । कलाकारिता गर्दा गर्दै साथीको सल्लाह अनुसार मिस मस्ट ट्यालेन्ट भक्तपुर- २०७४ मा भाग लिएकी खड्काले मिस मस्ट ट्यालेन्ट भक्तपुर- २०७४ को उपाधि समेत जित्न सफल भएकी थिइन्

कलाकारिताको क्षेत्रमा लाग्दा परिवारबाट फुल सपोर्ट पाएकी खड्का भन्छिन, चर्चित मोडल बन्ने, सामाजिक काम गर्ने र धेरै भन्दा धरै काम गर्ने सोचमा रहेकी उनलाई यो क्षेत्रमा परिवारको पनि साथ र समर्थन रहेको छ । ‘परिवारको साथ र सपोर्ट पाएर ढुक्क भएर अगाडि बढ्न सजिलो भएको छ’ उनले सुनाइन् ।

कालाकारिता क्षेत्रमा ५,६ वर्षको अनुभव गरिसकेकी खडकाले यस क्षेत्रमा थुप्रै समस्या, चुनौतीको सामना गर्नुपरेको, संघर्ष गरेको र अझै गरिरहेको उनले सुनाइन। यस क्षेत्रमा लाग्दा अरुबाट अपहेलन सहनुपर्यो कतिले राम्रो भने कतिले नराम्रो पनि भने तर म भने आफ्नो लक्ष्यमा केन्द्रित भई दुनियाँको कुरा होइन कि आफ्नो कुरा सुनेर अगाडी बढीरहेको छु नत्र म पहिले नै कालाकारिता छोडीसक्थे, उनले भनिन् ।

मिस टिन सिन्धुली -२०७४, सिन्धुली आइडल, च्यारिटी सो अफ हिरो रीटन्स लगाएत विभिन्न सो तथा इभेन्टसमा गेष्ट जज समेत रहेकी खड्का एकदमै सालिन, अनुशासित र काम प्रति लगनशील छिन्। हालसालै मात्र लुम्बिनी प्रदेश स्तरीय बहुप्रतीभाको खोजि गर्दै नेपालगंज आएकी खड्का भन्छिन, म आफुलाई एकदम साधारण मान्छे ठान्छु, घमण्ड गर्न कहिल्यै आएन, र घमण्ड गर्ने पनि छैन ।

प्रेम र  बिहेको बारेमा सोध्दा खड्का यस्तो भन्छिन, म प्रेममा छैन तर भविष्यमा त्यस्तो केटासँग बिहे गर्न रहर छ जसले मलाई राम्रोसँग बुझ्छ, नारीलाई सम्मान गर्छ।

सबै गितहरु त्यसरी सोचे जस्तो चल्न नसकेपनि  सानैदेखि अभिनय गर्न रुचाउने, नक्कल पार्न रमाउने स्वभावकी खड्का आगामी दिनमा पनि अभिनय र  मोडलिङलाई निरन्तरता दिने बताउँछिन् । नेपालमा कोरोना तिब्र रुपमा फैलियो र बीचमा लकडाउन भयो त्यसैले केहि प्रोजेक्ट गर्न सकिएन तर अब चाँही छिट्टै नयाँ प्रोजेक्ट ल्याउनेछु, खड्का भन्छिन ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page