स्वास्थ्य शाखा प्रमुखको मनोमानीले कर्मचारीको मनोबल घट्दै

२०७८ बैशाख ८, बुधबार
पढ्ने समय : < 1 मिनेट

बाँके – स्वास्थ्य शाखा प्रमुखले मनोमानी तवरले कर्मचारी समायोजन गरेपछि पहिलेदेखि नै काम गर्दै आएका तर कर्मचारी समायोजनमा नपरेका कर्मचारीको मनोबल घटेको बताइएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा विगत दुई वर्षदेखि कार्यरत कर्मचारीलाई बेवास्था गर्दै नयाँ कर्मचारीलाई मनोमानी तवरले पदस्थापना गरेपछि स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले मनोमानी गरेको तथ्य बाहिर आएको हो । कर्मचारी समायोजन गर्दा दुई वर्षदेखि समायोजन संशोधन भई आएकालाई पदस्थापना नगरी नयाँ समायोजन संशोधन भई आएकालाई शाखा प्रमुख शर्माले आफूपायक पदस्थापना गरेका छन् । शर्माले दुई जना चौथो तहका र एक जना छैठौं तहका कर्मचारीलगायतलाई समायोजन गरेको खुल्न आएको छ ।

जब कि सोही तहका पुराना कर्मचारी हुँदाहुँदै पनि उनले आग्रह र पूर्वाग्रहका आधारमा नयाँ समायोजन भई आएका कर्मचारीलाई पदस्थापना गरेका हुन् । यसरी आफूपायक कर्मचारी समायोजन गर्दा राप्तीसोनारी गाउँपालिकामा कार्यरत कर्मचारीको मनोबल घटेको बताएका छन् ।

नियमसंगत दुई वर्षदेखि कार्य गर्दै आएको भए पनि अहिले पदस्थापना नगरिएका कर्मचारीको काममा समेत हस्तक्षेप गरेको आरोप शर्मालाई लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page