आज राति १२ बजेबाट नेपालगंजमा “लकडाउन”(सुचना सहित)

२०७८ बैशाख ८, बुधबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज-  जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकार शिवराम गेलालले जारी गरेको लकडाउन आदेश आज राती १२ बजेबाट बैशाख १५ गते राती १२ बजे सम्म लागु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले आज प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस हालका दिनमा बाँके जिल्लामा तिब्र रुपमा फैलिरहेको र कोरोना हटस्पट बनको नेपालगंज उपमहानगर क्षेत्रमा मात्र ३७५ बढी सक्रिय संक्रमित रहेको, अस्पतालहरुका कोभिड वार्डहरु सबै भरिभराउ भएको, नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको चुन ब्रेक गर्नका लागि लकडाउन गरिएको सुचनामा उल्लेख छ ।

लकडाउनमा प्रशासनले तोक अनुसारको सवारी साधन बाहेक सबै बन्द हुने, बैंक बित्तीयसंस्था, शैक्षिकसंस्था, उद्योग कल कारखाना, ब्यवसाय पनि संचालनमा रोक लगाईएको छ । अत्यावश्यक काममा बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनको सुचनामा चेतावनी दिईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज प्रकाशित गरेको सुचना:

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page