भारतमा थपिए २ लाख ६० हजार संक्रमित, १४ सयको मृत्यु

२०७८ बैशाख ५, आईतवार
पढ्ने समय : < 1 मिनेट

भारतमा दिनदिनै कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा २ लाख ६० हजार संक्रमित थपिएका छन्।

कोरोनाको दोस्रो लहर चलेसँगै दैनिक थपिने संक्रमितको संख्याले नयाँ नयाँ रिकर्ड बनाउँदै गएको छ। पाँच दिनदेखि लगातार दुई लाख संक्रमित थपिदै आएको भारतमा आज २ लाख ६० हजार ७७८ संक्रमित पुष्टि भएका छन्। यो शनिबारको तुलनामा ११ प्रतिशतले बृद्ध हो।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १९ पुगेको छ। त्यस्तै, कुल संक्रमितको संख्या १ करोड ४७ लाख ४२ हजार ४६१ पुगेको छ।

कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। पछिल्लो २४ घन्टामा १ हजार ४९५ जनाले ज्यान गुमाएका छन्।

गत चार दिनदेखि दैनिक १ हजारभन्दा बढीको मृत्यु हुँदै आएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६८ पुगेको छ। अझै ८ हजार ९४४ जना गम्भीर रहेका छन्।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ६७ हजार १२३ संक्रमित थपिएका छन्। त्यस्तै, दिल्लीमा १९ हजार ४८६, कर्नाटकमा १७ हजार ४८९, छत्तिसगढमा १६ हजार र केरलामा १३ हजार संक्रमित थपिएका छन्।

नेपालसँग सीमा जोडिएको बिहारमा ७ हजार ८७०, पश्चिम बंगालमा ७ हजार ७१३ र उत्तराखण्डमा २ हजार ७५७ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page