बलिउड अभिनेता सोनु सूदलाई कोरोना संक्रमण

२०७८ बैशाख ४, शनिबार
पढ्ने समय : < 1 मिनेट

भारतमा दिनदिनै बढीरहेको कोरोना संक्रमणको चपेटामा बलिउड अभिनेता सोनु सूद पनि परको छन् । लक डाउनका समयमा लाखौ मानिसलाई व्यक्तिगत खर्चमा सहयोग गरेका सूदलाई कोरोना पुष्टि भएको हो । उनले सामाजिक सञ्चालमा मार्फत आफुलाई सक्रमण भएको बताएका हुन् ।

कोेरोना पोजेटिभ आएकाले अहिले क्वारेन्टिनमा रहेका उनले बताएका छन् ।

उनले भनेका छन्, ‘कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। यसकारण म क्वारेन्टिनमा छु। चिन्ता लिनु पर्दैन। उल्टो अब मसँग पहिलेभन्दा बढी समय रहने छ तपाईंहरुको समस्या बुझ्नका लागि। जुनसुकै समस्यामा म सधैँ तपाईंहरुको साथमा छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page