आजको तस्बिर

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा बालियो दीप

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एसोसिएसन नेपाल, जेन-जी युवा समूहलगायत संघ संस्थाहरूले बुधबार दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन् ।

सो क्रममा उनीहरूले मौनधारण समेत गरेका थिए । भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तीमा ७४ जनाको ज्यान गएको छ ।

सरकारले जेन-जी युवाहरूको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो ।

matighar deep prajolan frame at 0m57s 1536x864 1

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com